अन्तर्राष्ट्रिय

जापानमा पहिरोले पुरिएर छ बेपत्ता

टोकियो - दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन्।

स्थानीय समयानुसार बुधबार बिहान ३:५० मा आएको पहिरोले याबाकैका तीन ओटा घरसमेत बगाएको स्थानीय अधिकारीहरु जनाएका छन्।

पहिरोको बाटो आएर पुरिएको ठाउँबाट माटो हटाउन विभिन्न यन्त्रहरु मगाइएको उद्धार कार्यमा खटिएका स्थानीय अधिकारीहरुले बताएका छन् ।सुरक्षाकर्मीहरुले पनि उद्धार तथा खोजीका लागि घटनास्थलमा सहयोग गरिरहेको उनीहरुले बताएका छन्।रासस

प्रकाशित: २८ चैत्र २०७४ ०६:३५ बुधबार

जापानमा पहिरोले पुरिएर बेपत्ता