इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको घरमा आक्रमण भएको छ। टाइम्स अफ इजरायलका अनुसार सिजेरियास्थित प्रधानमन्त्रीको घरमा दुईवटा फ्लेयर (आगोको डल्ला) प्रहार गरिएको थियो।
आगोको डल्ला घरको आँगनमा खसेको थियो। इजरायली प्रहरीले घटनाको पुष्टि गरेको छ। आक्रमण कहाँबाट कसले गर्यो भन्ने बारेमा जानकारी आइसकेको छैन।
इजरायली सुरक्षा एजेन्सी शिन बेटले एक विज्ञप्तिमा घटनामा कुनै क्षति नभएको जानकारी दिएको छ। आक्रमणको समयमा नेतान्याहु र उनको परिवार घरमा थिएनन्।
यसअघि अक्टोबर १९ मा नेतान्याहुको घरमा हिजबुल्लाहले ड्रोनमार्फत आक्रमण गरेको थियो। त्यतिबेला पनि घरमा कोही नहुँदा कुनै मानविय क्षति हुन पाएको थिएन।
प्रकाशित: २ मंसिर २०८१ ०९:२६ आइतबार