अन्तर्राष्ट्रिय

ट्रम्प टावरमा आगलागी, एकको मृत्यु

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको  व्यापारिक भवन ट्रम्प टावरको ५० औँ तलामा आगलागी भएको छ।

आगो नियन्त्रण गर्ने क्रममा  एक अग्नि नियन्त्रकको मृत्यु भएको छ भने चार जना घाइते भएको न्युयोर्कका बारुण नियन्त्रण बिभागका प्रमुख डेनियल निग्रोले  बताएका छन्।

करिब २०० जना अग्नि नियन्त्रकले ४५ मिनेटमा आगो नियन्त्रण गरेका थिए जसमा अधिकाश ट्रम्प टावरकै कर्मचारी थिए।

रास्ट्रपति ट्रम्पले ट्विट मार्फत समयमै आगो नियन्त्रण गरेको भन्दै भवनको निर्माण र कर्मचारीको प्रशंशा गरेका छन्।

आगलागीको कारण भने खुल्न सकेको  छैन।

प्रकाशित: २५ चैत्र २०७४ ०९:५६ आइतबार

ट्रम्प टावरमा आगलागी एकको मृत्यु