अन्तर्राष्ट्रिय

गाजामा इजरायली सेनाको आक्रमण: ३५ जनाको मृत्यु, ५० घाइते

इजरायली सेनाको आक्रमणमा परी गाजामा ३५ जना प्यालेस्टिनीको मृत्यु भएको छ।

गाजाको खान युनिस सहरस्थित शरणार्थी शिविरमा गरेको आक्रमणमा परी ५० जनाभन्दा बढी घाइते भएका छन्।

इजरायलले गाजाको हरके क्षेत्रमा आक्रमण जारी राख्दा त्यहाँको अवस्था दयनीय बनेको छ। बढ्दो आक्रमणका कारण गाजामा जारी पोलियो खोप अभियान पनि रोकिएको छ भने इजरायलले आक्रमण जारी रहने बताउँदै आएको छ।

गत वर्षको अक्टुबरदेखि जारी हमास र इजरायलबीचको युद्धमा हालसम्म ४३ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने ६० हजारभन्दा बढी घाइते भएका छन्।

प्रकाशित: ११ कार्तिक २०८१ ०७:४४ आइतबार

#gaza #isreal