अन्तर्राष्ट्रिय

हिजबुल्लाह प्रमुख हाशिमलाई लक्षित गर्दै इजरायली सेनाको आक्रमण

इजरायली सेनाले लेबनानको राजधानी बेरूतको दक्षिणी क्षेत्रमा आक्रमण गरेको छ।

बेरूतको स्थानीय सञ्चार माध्यमहरूका अनुसार स्थानीय विमानस्थल नजिकै रहेको उक्त क्षेत्रमा बिहीवार राति विस्फोटका ठूलो आवाजहरू सुनिएका छन्।

हिजबुल्लाहको बलियो गढको रुपमा रहेको उक्त क्षेत्रमा हिजबुल्लाहका प्रमुख हाशिम सफिद्दिन आफ्ना शीर्ष कामान्डरसहित बङ्करमा बैठक गरिरहेका बेला इजरायलले उक्त आक्रमण गरेको बताइएको छ।

न्यूयोर्क टाइम्सका अनुसार सैयद हसन नसरल्लाहको हत्याका लागि गरिएको आक्रमणभन्दा पनि गयरातिको आक्रमण ठूलो थियो। तर, आक्रमणमा भएको क्षतिबारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन।

आक्रमण अघि इजरायली सेनाले त्यस क्षेत्रका नागरिकलाई घर खाली गर्न आदेश दिएको थियो।

लेबनानी सेनाले भने दक्षिणी लेबनानमा आफ्ना दुईजना सेना मारिएको बताएको छ।

यसैबीच, इजरायलले वेस्ट बैंकमा हमासविरुद्ध गरेको सैन्य कारबाहीमा १८ जनाको मृत्यु भएको छ।

प्रकाशित: १८ आश्विन २०८१ १०:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App