अन्तर्राष्ट्रिय

भारतमा एमपक्सको शङ्कास्पद केस फेला

भारतमा एकजना व्यक्तिमा एमपक्ससँग मिल्दाजुल्दो केस फेला परेको छ। भारतीय स्वास्थ्य मन्त्रालयले आइतवार एमपक्ससँग मिल्दोजुल्दो केस फेला परेपछि ती व्यक्तिलाई आइसोलेसनमा राखेर परीक्षण सुरु गरिएको बताएको छ।

एमपक्स प्रभावित देशबाट यात्रा गरेर भारत फर्केका एकजना पुरुषमा एमपक्स जस्तो लक्षणहरू देखिएका छन्। त्यसकारण ती व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको छ। ती व्यक्तिको स्वास्थ्य अहिले स्थिर रहेको पनि मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले एमपक्सबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमका लागि सरकार पूर्ण रुपले तयार रहेको पनि बताएको छ।

प्रकाशित: २४ भाद्र २०८१ ०६:३५ सोमबार