अन्तर्राष्ट्रिय

बोलवम यात्रीमाथि विजुलीको तार खस्दा ९ जनाको मृत्यु

भारतको बिहार राज्यस्थित वैशाली जिल्लामा करेन्ट लागेर ९ जना भक्तजनको मृत्यु भएको छ। अन्य २ जना घाइते भएका छन्।

बीबीसीका अनुसार वैशालीको औद्योगिक थाना क्षेत्रको सुल्तानपुर गाउँमा बोलवमका लागि हिँडेका श्रद्धालुहरूमाथि उच्च भोल्टेजको तार खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।

करेन्ट लागेर घाइते भएका २ जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको छ।

प्रकाशित: २१ श्रावण २०८१ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App