अन्तर्राष्ट्रिय

जग्गा विवादमा ४३ जनाको मृत्यु, एक सयभन्दा बढी घाइते

पाकिस्तानमा जग्गा विवादमा भएको झडपमा परी कम्तिमा ४३ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार पाकिस्तानको खैबर पख्तूनख्वाको कुर्रम जिल्लामा भएको उक्त जग्गा विवादमा हालसम्म १८३ जना घाइते भएका छन्।

झन्डै ५० विगाहा जग्गालाई लिएर विवाद सुरु भएको बताइएको छ। कुर्रम जिल्लाको बुशेहराका दुई गाउँका आदिवासी समुदायबीच जग्गामाथि कसको अधिकार हुने भन्ने विषयमा ६ दिनअघि विवाद सुरु भएको त्यहाँका प्रहरी अधिकारीहरूले बताएका छन्।

प्रकाशित: १५ श्रावण २०८१ ०७:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App