अन्तर्राष्ट्रिय

दुबईकी राजकुमारीले सामाजिक सञ्जालमार्फत् श्रीमानसँग गरिन् सम्बन्ध विच्छेद

दुबईकी राजकुमारी शेखा माहरा बिन्त मोहम्मद बिन राशिद अल मकतूमले सामाजिक सञ्जालमार्फत् श्रीमान्सँग सम्बन्ध विच्छेद गरेकी छिन्।

दुबईका प्रधानमन्त्री, उपराष्ट्रपति एवं शासक शेह मोहम्मद बिन राशिद अल मकतूमकी छोरी शेखा माहरालाई इन्स्टाग्राम पोस्टमार्फत् श्रीमान्सँग सम्बन्ध विच्छेद गरेको विषय यतिबेला निकै चर्चामा आएको छ।

उनको एक वर्ष अघि दुबईका व्यवसायी शेख माना बिन मोहम्मद बिन राशिद बिन माना अल मकतूमसँग भएको थियो। उनको एउटी छोरी छिन्।

राजकुमारी शेखा माहराले इन्स्टाग्राम पोस्टमा लेखेकी छिन्, ‘प्रिय पति, तपाईं अरुसँग नै हुनुहुन्छ। त्यसकारण म आफ्नो सम्बन्ध विच्छेदको घोषणा गर्दछु। म तपाईंसँग सम्बन्ध विच्छेदको घोषणा गर्दछु र म तपाईंसँग सम्बन्ध विच्छेदको घोषणा गर्दछु। तपाईं आफ्नो ख्याल राख्नुहोला। तपाईंकी पूर्व पत्नी।’

२९ वर्षीया राजकुमार शेखा माहिराको उक्त पोस्ट निकै भाइरल बनेको छ भने उनको यस कदमलाई निकै साहसिक मानिँदैछ।

सामाजिक कार्यमा व्यस्त रहने गरेकी राजकुमारी माहिरा महिला शसक्तिकरणका लागि वकालत पनि गर्दै आएकी छिन्। उनले स्थानीय फेशन डिजाइनरहरूलाई पनि समर्थन गर्ने गर्छिन्।

प्रकाशित: ३ श्रावण २०८१ १३:५५ बिहीबार

#Dubai #princes