अन्तर्राष्ट्रिय

पेरुमा बस दुर्घटना, ४४ जनाको मृत्यु

लिमा – पेरुको दक्षिणी क्षेत्रमा भएको एक यात्रुबाहक बस दुर्घटनामा परी कम्तीमा ४४ जनाको मृत्यु भएको छ। लिमाको एरेक्विपा नजिकै बुधबार भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले पुष्टी गरेका छन्। 

पेरु प्रहरीका क्षेत्रीय प्रमुख जनरल वाल्टर अर्टीजले मृत्यु भएकामध्ये ४३ जनाको घटनास्थलमै र अर्का एक जनाको भने अस्पतालतर्फ लैजादैगर्दा बाटोमा मृत्यु भएको पनि उनले बताए। 

गुडिरहेको बस झण्डै २०० मिटर तल खोँचमा खसेको थियो। यस दुर्घटनामा परेका अन्य ३४ जना घाइते भएका प्रहरी प्रमुख अर्टीजले जानकारी दिए। 

गम्भीर रुपमा रहेका अधिकांश घाइतेहरुलाई सरकारी सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। 

मङ्गलबार राती चाला सहरबाट छुटेको बस स्थानीय समय अनुसार दिउसो झण्डै बुधबार बिहानतिर दुर्घटना भएको हो। 

अरेक्विपातर्फ जादै गरेको बसमा सुरुमा ४५ जना यात्रु रहेको भए पनि बीच बाटोमा अरु यात्रुहरु पनि थपिएका थिए। तर कति यात्रु बीच बाटोबाट बसमा चढेका थिए भन्ने बारेमा भने यकिन हुन सकेको छैन। 

प्रकाशित: १० फाल्गुन २०७४ १६:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App