अन्तर्राष्ट्रिय

अस्पतालमा आगलागी हुँदा ३५ जनाको मृत्यु

सोल– दक्षिण कोरियाको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

 दक्षिण कोरियाको दक्षिण–पुर्वी शहरमा रहेको  मिर्याङ अस्पतालको पहिलो तल्लामा आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् । आगलागीमा  कम्तीमा ७० जना घाइते भएको समाचारमा उल्लेख छ । घाइतेमध्ये ११ कोे अवस्था चिन्ताजनक रहेको छ ।

स्थानीय समयअनुसार शुक्रबार बिहान साढे दश बजे आगलागी भएको थियो ।

 

प्रकाशित: १२ माघ २०७४ ०४:१८ शुक्रबार

अस्पतालमा आगलागी हुँदा ३५ जनाको मृत्यु