ट्रिपोली – लिबियाको एक मात्रै अन्र्तर्राष्ट्रिय विमानस्थल मिटिगामा आक्रमण हुँदा २० जनाको मृत्यु भएको छ।
आक्रमणमा ६ विमानमा क्षति पुगेको छ । लिबियाका स्वास्थ्यमन्त्रीले दुर्घटनाबारे सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।
उक्त आक्रमण इस्लामिक स्टेटले गराएको सरकारले दाबी गरेको छ । इस्लामिक स्टेकका लडाकूहरूले जेलमा रहेका आफ्ना समर्थकहरूलाई सरकारले बिना सर्त रिहा गर्नुपर्ने माग राख्दै विमानस्थलमा आक्रमण गरेपश्चात् सरकार तथा लडाकूबीच दोहोरो भिडन्त भएको थियो ।
विमानस्थलमा भएको उक्त आक्रमण पश्चात् सरकारले विमानस्थल खाली बनाउनका लागि निर्देशन दिएको छ ।घटनाबारे अनुसन्धान जारी नै रहेको लिबियाली प्रहरीले जनाएको छ । घटनामा घाइते भएकाहरूको यकिन विवरण आउन बाँकी नै रहेको छ ।
प्रकाशित: २ माघ २०७४ ०६:१७ मंगलबार