अन्तर्राष्ट्रिय

अमेरिका र उत्तर कोरिया वार्ता सहजिकरण गर्न तयार छौं– रुस

मस्को – रुसले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच वार्ता भएमा त्यसको सहजिकरणका लागि तयार रहेको बताएको छ। रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भने– यदि अमेरिका र कोरियाबीच वार्ता हुन्छ भने छ देशको प्रारुपभित्र रहेर सहयोग गर्न हामी तयार छौँ।

विदेशमन्त्री लाभरोभले छ वटा आणविक शक्ति राष्ट्रको सदस्यको हैसियतमा रुसले सो प्रस्ताव गरेको जानकारी पनि दिएको समाचारमा जनाइएको छ।

सोमबार उनले सो प्रस्ताव राखेका हुन्। हालैका दिनहरुमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा केही सुधार आएको बताइएको छ।

यी दुई देशले गएको जनवरी ९ मा द्विपक्षीय उच्चस्तरीय वार्ता गरेका थिए। त्यसपछि पनि सोमबार मात्रा पनि यी दुवै देशका अधिकारीहरु द्विपक्षीय वार्तामा बसेका छन्।

यसरी सम्बन्धमा सुधार आएकोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियासँग वार्ताका लागि अमेरिका पनि तयार रहेको धारणा हालैमात्र सार्वजनिक गरेका थिए।

त्यसैले रुसले उक्त वार्ता भएमा त्यसको सहजिकरणका लागि आफू तयार रहेको धारणा मस्कोको रहेको विदेशमन्त्री लाभरोभले सोमबार सार्वजनिक गरेका हुन्।

प्रकाशित: १ माघ २०७४ १५:२९ सोमबार

अमेरिका उत्तर कोरिया वार्ता सहजिकरण गर्न तयार छौं– रुस