अन्तर्राष्ट्रिय

रुसले गर्‍याे अमेरिकाको आलोचना

मस्को – इरानमा भइरहेको सरकार विरोधी प्रदर्शनमा अमेरिकाले अनावश्यक चासो देखाएको भन्दै रूसले अमेरिकाको आलोचना गरेको छ ।

इरानमा जारी सरकार विरोधी आन्दोलन बारे संयुक्त राष्ट्रसंघको बैठकमा अमेरिकाले छलफलका लागि बाध्य बनाएको थियो । कुनै पनि देशको आन्तरिक मामिलामा संयुक्त राष्ट्रसंघ जस्तो उच्च तहको निकायले चासो देखाँउदा उक्त निकायको विश्वसनीयतामा प्रश्न खडा हुने रूसको दाबी छ ।

इरानमा भइरहेको उक्त प्रदर्शनमा संयुक्त राष्ट्रसंघले चासो देखाउनुले नै उक्त निकायको विश्वसनीयता खस्किएको संयुक्त राष्ट्रसंघका लागि रूसी राजदूत वासिली नेबेन्जियाको बताए ।

संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले आन्दोलनरत्त नागरिकहरूलाई बहादुर नागरिकको संज्ञा दिएकोमा  राष्ट्रसंघका लागि इरानी राजदूतले अमेरिकाले संयुक्त राष्ट्रसंघको स्थाई सदस्यताको दुरूपयोग गरेको बताउँदै आएका छन् ।

इरानमा भइरहेको प्रदर्शनबारे छलफलका लागि अमेरिकाले संयुक्त राष्ट्रसंघको आकस्मिक बैठक बोलाएको थियो ।

प्रकाशित: २२ पुस २०७४ ०७:५५ शनिबार

रुसले गर्‍याे अमेरिकाको आलोचना