अन्तर्राष्ट्रिय

चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदायको आशा बढ्दो

बेइजिङ – चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदाय आशाबादी देखिएको एक सर्वेक्षणले देखाएको छ।

चाइना नेशनल इमेज ग्लोबल सर्भेले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ देखि २०१७ सम्मको विकासका आधारमा चीनको भविश्य प्रति अन्तर्राष्ट्रिय समुदाय आशावादी देखिएको उल्लेख छ।

विकसित र विकासशील देशहरू चीनको अहिलेको विकास क्रम, प्रभाव र हैसियत अझै निरन्तर बढ्दै जाने विश्वासमा रहेका छन्।

चीनले विश्वलाई नै नेतृत्व गर्ने र विश्व राजनीतिमा प्रभाव र योगदान पु-याउनसक्ने साना देशहरूको बुझाई छ।

सर्वेक्षणमा सहभागी ११ हजार जनामध्ये ३३ प्रतिशतले चीन विश्वकै सबै भन्दा ठूलो अर्थतन्त्र भएको मुलुक बन्न सक्ने बताएका छन्।

सर्बेक्षणमा विश्वका २२ वटा देशबाट पाँच सय जनाको दरले सहभागी भएका थिए। सिन्ह्वा

प्रकाशित: २१ पुस २०७४ १६:१७ शुक्रबार

चीनको भविश्यका बारेमा अन्तर्राष्ट्रिय समुदायको आशा बढ्दो