अन्तर्राष्ट्रिय

उत्तर कोरियाली नागरिक अष्ट्रेलियामा पक्राउ

सिड्नी – आणविक हतियार र यसका पार्टपूर्जाहरु बेच्ने क्रममा अष्ट्रेलियाकाे  सिड्नीमा एकजना उत्तर कोरियाली नागरिक पक्राउ परेका छन्। 

उनले उत्तर कोरियामा आणविक हतियारको विकासका लागि रकम जुटाउने उद्देश्यले प्रतिबन्धित आणविक शस्त्र र यसका पार्टपूर्जाहरु बेच्ने गरेका थिए । 

उनले सिड्नीमा रहेर निकै लामो समयदेखि यस्तो कारोबार गर्ने गरेको खुलेको पनि सिड्नीको प्रहरीले जानकारी दिएको छ। 

हाल संयुक्त राष्ट्रसंघको नै प्रस्तावमा उत्तर कोरियामाथि यस्ता सामाग्रीहरु बेच्न र किन्न पनि प्रतिबन्ध लगाइएको छ। 

साथै उसले बारम्बार गर्ने गरेको नाकाबन्दीका कारण ती सामाग्रीहरुमा संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिका तथा अन्य विश्वले पनि उसमाथि नाकाबन्दी लगाएको बताइएको छ। 

यस्तो अवस्थामा एकजना उत्तर कोरियाली नागरिक चान हान चोइलाईलाई प्रहरीले पक्राउ गरेको हो। उनी बिगत लामो समयदेखि सिड्नीमा बस्दै आएका तर सो आणविक कम्पनीका लागि एजेन्टको काम गर्दै आएका छन्। 

उनी प्योङयाङ्मा ब्यालेस्टिक क्षेप्यास्त्रको उत्पादन र प्रयोग एवम् परीक्षणको काममा पनि संलग्न भइआएका एकजना विज्ञ समेत रहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीको दाबी छ। 

उनले ती पार्टपूर्जाहरू सिड्नीमा बेचबिखन गर्नुको साथै ब्यालेस्टिक क्षेप्यास्त्रका लागि सिड्नीमा प्रविधि र पार्टपूर्जा आयातका लागि आफुले सहयोग पुर्‍याउन सक्ने बारेमा पनि कुराकानी गरेको प्रहरीले जनाएको छ। 

सो अनुसन्धानमा संलग्न एकजना अष्ट्रेलियन प्रहरीले भनेका छन्– यस्तो घटना हामीले अष्ट्रेलियामा पहिलो पटक देखेका छौँ, उनी उत्तर कोरियाका उच्चस्तरीय अधिकारी रहेछन् र नाकाबन्दीका कारण उत्पन्न आर्थिक मन्दीको समयमा यस्तै पार्टहरु बेचेर देशका लागि अर्थोपार्जन गर्ने प्रयोजनले यहाँ आएका रहेछन्। 

अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोन टर्नबुलले आइतबार सिड्नीमा सम्वाददाताहरुसँग भने– यो पक्राउलाई हामीले निकै महत्वपूर्ण कामका रुपमा लिएका छौँ। 

उत्तर कोरियाले विश्व शान्तिमा नै धावा बोल्ने काम गरिरहेकोले उसका कारण ती नागरिक पक्राउ परेका र उनलाई के कस्तो कारबाही गर्ने भन्ने विषयमा थप कानुनी परामर्श गरिने जानकारी प्रहरी अधिकारीहरुले दिएका छन्। 

प्रकाशित: २ पुस २०७४ ०७:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App