अन्तर्राष्ट्रिय

साउदीका महिला घरबाहिर काम गर्न पाउने

रियाद–महिलाहरूको जीवनस्तरबारे साउदीमा उठिरहेको सवालले त्यहाँका महिलाहरूको जीवनस्तरमा सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।

सामाजिक क्षेत्रमा कार्यरत साउदी अरेबियाकी एक महिलाले साउदी अरेबियन महिलाहरू पनि घर बाहिरका काममा विस्तारै सरिक हूँदै गएकोमा खुसी लागेको बताइन्।

केही साता अगाडि मात्रै साउदी सरकारले महिलाहरूलाई समेत चालक अनुमती पत्र दिइने घोषणा गरेको थियो। त्यसको केही दिन पछाडि महिलालाई घर बाहिरका काममा समेत सरिक गराइने बताएपछि साउदी अरबियामा महिलाप्रति रहेको वर्षाैंदेखिको मान्यता भत्किएको छ।

साउदी सरकारको उक्त निर्णयबाट उत्साही देखिएका साउदी महिलाहरू सरकारको उक्त निर्णयमा अवसर तथा चुनौती दुवै भएको कतिपय महिला बताउँछन्।

मुस्लिम राष्ट्र साउदी अरेबियामा महिलाहरूलाई घरायसी काममा मात्रै सीमित गरिने गरिएकोमा साउदी सरकारको घर बाहिरका कामहरूमा समेत महिलाहरूलाई समाहित गराइने निर्णयलाई विश्वले स्वागत गरेको छ।

 

प्रकाशित: ४ मंसिर २०७४ १०:५९ सोमबार

साउदीका महिला घरबाहिर काम गर्न पाउने