अन्तर्राष्ट्रिय

म्यानमार सैनिकद्वारा रोहिन्जा महिला बलात्कृत

म्यानमार – म्यानमार रखाईन प्रान्तका रोहिन्जा महिलाहरूलाई त्यहाँका सैनिकले नै बलात्कार गरेको अमेरिकाले गरेको एक अनुसन्धानले पत्ता लगाएको छ। 

यौन हिंसा तथा मानव अधिकारको दृष्टिकोणबाट अमेरिकाले एक अध्ययन तथ्यांक बिहीबार सार्वजनिक गर्दै रोहिन्जा महिलाहरू म्यानमार सैनिकबाट नै बलात्कृत भएको खुलासा गरेको छ। 

५२ जना रोहिन्जा महिलाहरूसँग लिइएको अन्र्तवार्तालाई आधार बनाएर उक्त तथ्यांक सार्वजनिक गरिएको थियो । जसमा १९ ठाँउका विभिन्न महिलाहरू समावेश गरिएको थियो। 

उक्त तथ्यलाई पुष्टि गर्ने शिलशिलामा विभिन्न मानव अधिकार सँग सम्बन्धित संस्था समावेश गरिएको थियो । 
म्यानमारमा पछिल्लो समय भएको जातीय युद्धका कारण करिब ४ लाख रोहिन्जा मुसलमानहरू ज्यान जोगाउनका लागि बंगलादेशमा शरण लिन पुगेका थिए । म्यानमार शरणार्थीहरूलाई म्यामार फर्कनाउनमा लागि अन्तर्राष्ट्रिय स्तरबाट पनि विभिन्न प्रयास गरिएका थिए। 

गत अगस्ट २५ मा  म्यानमार सेनाले रोहिन्जा मुसलमानहरूको घरमा आगो लगाइदिए पछि ज्यान जोगाउनका लागि रोहिन्जा मुसलमानहरू विभिन्न माध्यमबाट बंगलादेश पुगेका थिए। 

प्रकाशित: १ मंसिर २०७४ ०८:५८ शुक्रबार

म्यानमार सैनिकद्वारा रोहिन्जा महिला बलात्कृत