अन्तर्राष्ट्रिय

डिभी प्रणाली खारेज गर्ने ट्रम्पको तयारी

न्यूयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी अर्थात् ड्राइभर्सिटी भिसा प्रणाली खारेज गर्नका लागि आह्वान गरेका छन्। 
गत मंगलबार अमेरिकाको न्यूयोर्क शहरमा ८ जनाको मृत्यु हुने गरी भएको आतंककारी हमला पश्चात्् राष्ट्रपति ट्रम्पले यस प्रणाली खारेज गर्नका लागि आह्वान गरेका हुन्। 

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटर मार्फत् ट्वीट गर्दै अमेरिका प्रवेश गर्नका लागि आवेदकको शैक्षिक योग्यता तथा कार्यक्षमताको मूल्यांकनका आधारमा मात्रै अनुमति दिइने नयाँ प्रणाली ल्याइने बताए। 

डिभी  प्रणालीबाट हरेक वर्ष करिब ५० हजार आप्रवासीहरूलाई अमेरिकामा स्थाई बसोबासका लागि अनुमति दिइने गरिएकोमा राष्ट्रपति ट्रम्पले उक्त प्रणाली खारेज गर्नका लागि आह्वान गरेका हुन्। 

डिभी प्रणाली मार्फत् नै अमेरिका प्रवेश गरेका व्यक्तिले गत मंगलबार न्युयोर्कमा आतंकवादी हमला गराएको खुलासा भएको छ। 

डिभी प्रणालीको खारेज गर्नका लागि आह्वान गर्दै ट्वीटर मार्फत् राष्ट्रपति ट्रम्पले योग्यता र दक्षतामा आधारित् नयाँ प्रणाली लागु हुने बताए। 

प्रकाशित: १६ कार्तिक २०७४ ०६:०३ बिहीबार

डिभी प्रणाली खारेज गर्ने ट्रम्पको तयारी