अन्तर्राष्ट्रिय

टाउको जोडिएको जुम्ल्याहा बच्चाको सफल शल्यक्रिया

नयाँ दिल्ली- दुई वर्षअघि टाउको जोडिएको बच्चाको सफल शल्यक्रिया गरिएको छ। जागा र कालिया दुईमध्ये जागा नाम गरेका उक्त बालकले आखाँ खोलेको बीबीसीमा उल्लेख गरिएको छ। उनको मृगौलामा देखिएको समस्याका कारण दैनिक डायलासिस् गर्नुपर्ने हुन्छ।

उनीहरूको भारतको एक सरकारी अस्पतालमा उपचार भइरहेको छ। कालिया भने अहिलेसम्म पनि होसमा आएका छैनन्। उनीहरू दुई वर्षका भए।

करिब १६ घन्टाको शल्यक्रियापछि उनीहरूको टाउको छुट्याउन चिकित्सकको टोली सफल भएको थियो। उनीहरूको उपचारमा करिब ३० चिकित्सकहरू संलग्न थिए।

उक्त शल्यक्रिया भारतमा नै पहिलोपटक सफल भएको थियो। शल्क्रिया सफल हुनुले उपचारमा संलग्न चिकित्सकको टोली निक्कै प्रसन्न भएको बिबिसीमा उल्लेख छ।

उनीहरूको जन्म भारतको उडिसा राज्यमा करिब २ वर्ष अगाडि भएको थियो। जन्मजात नै उनीहरूको रक्तनली तथा मस्तिष्कका तन्तुहरू जोडिएका थिए।

प्रत्येक ३० लाख व्यक्तिहरूमध्ये एकमा यस्तो समस्या देखा पर्ने चिकित्सकको टोलीले बताए। यस्ता समस्याले ग्रसित ५० प्रतिशत बालकहरू जन्मिएको २४ घन्टाभित्र मर्ने चिकित्सकहरूले बताएका छन्। जागा र कालियाको पहिलो शल्क्रिया अगस्ट २८ मा भएको थियो।

 

प्रकाशित: १३ कार्तिक २०७४ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App