अन्तर्राष्ट्रिय

किम जोङ नाम हत्यामा संम्लग्न दुई महिला अदालत पुर्याइयो

क्वालालम्पुर, असोज १६ – उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनका भाई किम जोङ नामको हत्याकाण्डका अभियुक्तहरुलाई मलेसियाले न्यायिक अनुसन्धानको दायरामा ल्याउने भएको छ । 

हत्याकाण्डको अनुसन्धान र हत्याराहरुको खोजी गर्ने क्रममा मलेसियाली प्रहरीले पक्राउ गरेका दुईजना महिला इन्डोनेसियाकी सिति आइस्याह र भियतनामकी दोन थि ह्वोङलाई सोमबार क्वालम्पुरस्थित मलेसियाली उच्च अदालतमा पेश गरिएको समाचार आएको छ । 
विमानस्थलमा जडित सीसीटीभी क्यामेराको सहयोगबाट उनीहरुको पहिचान गरिएको थियो । घटनालगत्तै बेपत्ता भएका यी दुई महिलालाई भूमिगत भएको लगभग आठ महिना पछि मलेसियाली प्रहरीेले पक्राउ गरी आजै अदालत समक्ष पेश गर्न सफल भएको हो । 
क्वालालम्पुरका सहायक जिल्ला प्रहरी आयुक्त शाफेन मामतको अग्रसरता र प्रयासमा यिनीहरु पक्राउ परेका जनाइएको छ । यिनीहरुलाई पनि अरू सरह नाम हत्याकाण्डको अभियोगमा हदैसम्मको सजाय माग गरिएको छ । प्रहरीको सो मागलाई उच्च अदालतले मुनासिब ठह¥याएमा यी दुई महिलालाई मृत्युदण्डको सजाय हुनेछ । 
गत फेब्ब्रेवरी १३ मा क्वालालम्पुरको व्यस्त बिमानस्थलमा भीडभाडका बीच प्रतिबन्धित भिएक्स नर्भ एजेण्ट नामक प्राणघातक विष प्रयोग गरी किम जोङ नामलाई २० मिनेट भित्रै हत्या गरिएको थियो । उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनले पाँच वर्ष लगाएर ठूलो षडयन्त्र गरेर हत्या गराएको भन्ने आशंका गरिँदै आएको थियो । 

नाम हत्याकाण्ड भएलगत्तै मलेसिया र उत्तर कोरीयाबीचको सम्बन्ध नाटकीय हिसावले चिसिएको थियो । एक अर्काको मुलुकमा रहेका दुवै देशका नागरिकलाई देश छोड्न नपाउने प्रतिबन्ध लगाइनु, कूटनीतिक कर्मचारीलाई फिर्ता बोलाइनुका साथै यसैलाई लिई दुबै मुलुकमा अन्य थुप्रै प्रतिबन्धात्मक ब्यबस्थाहरु लागु गरिएका थिए । 
इन्डोनेसियाले मलेसियाली ऐन, कानूनको सम्मान गर्ने, उच्च अदालतले कुनै आदेश वा फैसला गरी नसकेकोे अवस्थामा अहिले नै केही टिप्पणी गरिहाल्ने बेला नभएको भनी मलेसियाका लागि इन्डोनेसियाली राजदूत रुस्दि किरानाले बताएका छन् ।  

प्रकाशित: १६ आश्विन २०७४ १५:५५ सोमबार

किम जोङ नाम हत्यामा संम्लग्न दुई महिला अदालत पुर्याइयो