अन्तर्राष्ट्रिय

रोहिज्या कै कारण हिंसा बढेको सेनाको दाबी

म्यानमार – पछिल्लो समयमा म्यानमारमा बढ्दै गएको हिंसाको जिम्मेवार रोहिज्या मुसलमानहरू नै रहेको त्यहाँको एक सैनिक उच्च अधिकारीले बताएका छन्। 

म्यानमार सेनाका जनरल मिन आङ हलाङ्गले उनीहरू कै कारण पछिल्लो समय म्यामारको रखाइन प्रान्तमा हिंसा बढ्दै गएको आरोप लगाए । उनले उनीहरू एक अतिवादी रहेको बताउँदै आफ्नो पकड स्थापनाका लागि उनीहरूले हिंसात्मक विद्रोह गरेको बताए। 

पछिल्लो समय सरकार र रोहिज्या बीच विद्रोह बढेका कारण करिब ४ लाखको हाराहारीमा मुसलमानहरू विस्थापित भई बंगलादेश पुगेका छन्। 

रोहिज्या समूहले सेनाले उनीहरू माथि ज्यादती गरेको बताएका छन् भने सेनाका जनरल हलाङ्गले भने उनीहरू कै कारण समस्या उत्पन्न भएको आरोप लगाएका  छन्। 

संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय संघ संस्थाहरूले भने म्यानमार सरकारले रोहिज्याहरू माथि ज्यादती गरेको बताउँदै आएका छन्। 

संयुक्त राष्ट्रसंघले उनीहरू माथि भएको ज्यादतीको बारे ध्यान केन्द्रित गर्नका लागि अन्तिम चेतावनी दिएको छ। 

प्रकाशित: २ आश्विन २०७४ ०७:२१ सोमबार

रोहिज्या कै कारण हिंसा बढेको सेनाको दाबी