अन्तर्राष्ट्रिय

चार सय बालबालिका बचाउन जब प्रहरीले दस किलो बम बोकेर दौडिए... (भिडियो)

नयाँ दिल्ली- भारतको मध्यप्रदेशस्थित सागर जिल्लाका एक प्रहरीको चर्चा चुलिएको छ। दस किलोको बम बोकेर एक किलोमिटर परसम्म लगेर फ्याँकेको भन्दै उनी समाजिक सञ्जालमा वाहवाही कमाइरहेका छन्।

शुक्रबार बिहान ४ सय बालबालिका रहेको एक स्कुल नजिकै बम फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। लगत्तै आएका प्रहरीमध्ये वरिष्ठ प्रहरी अधिकृत अभिषेक पट्टेले उक्त बम काखीमा च्यापेर एक किलोमिटरसम्म दौडेर फ्याँकेका थिए।

'मेरो एकमात्र उद्देश्य उक्त बमलाई बालबालिका रहेको ठाउँबाट टाढा लगेर फाल्नु थियो,' ती प्रहरी अधिकृतले भारतीय सञ्चारमाध्यमसँग भनेका छन्। १२ सेकेन्डको उक्त भिडियो अहिले भाइरल बनेको छ।

स्कुलका शिक्षक अजय कुमारका अनुसार प्रहरी आउनेवितिकै स्कुल बन्द गर्न भनेका थिए। 'प्रहरीको सल्लाहमा हामीले विद्यार्थीलाई स्कुल छाड्न भनेका थियौं। तर एक्कासी ती प्रहरी बम लिएर दौडिए,' ती शिक्षकले टाइम्स अफ इन्डियालाई भनेका छन्।  

भिडियो हेर्नुस्:

प्रकाशित: ११ भाद्र २०७४ १४:२४ आइतबार

बालबालिका बचाउन जब प्रहरीले किलो बम बोकेर दौडिए... भिडियो