अन्तर्राष्ट्रिय

उत्तर कोरिया साझा चुनौती

न्युयोर्क- उतर कोरियाले गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाईल परीक्षणलाई जापान र अमेरिकाले साझा चुनौतीका रुपमा लिएका छन्।  

 केही हप्ता अगाडी मात्रै पहिलोपटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाईल परीक्षण गरेको उतर कोरियाले शनिबार मात्रै दोस्रोपटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाईल परीक्षण गरेको थियो।

उतर कोरियाले यस पटक गरेको  ब्यालेस्टिक मिसाईल परीक्षणको जवाफका लागि दक्षिण कोरिया तथा अमेरिकाले संयुक्त रूपमा मिसाईल परीक्षण गर्ने बताइसकेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्बो आबेबीच उतर कोरियाली मिसाईल परीक्षण र यसबारेका गम्भीर चुनौती बारे टेलिफोन संवाद गर्दै साझा चुनौती भएको ठहर गरेको ह्वाइट हाउसले बताएको छ।

उतर कोरियालाई जवाफ दिनका लागि  गत महिना मात्रै  अमेरिकाले जमिनबाट आक्रमण गर्न सकिने क्षमताको मिसाईल परीक्षण गरिसकेको छ।  अमेरिकाको क्यालिफोर्निया स्थिती एक  हवाई अखडाबाट उक्त मिसाईल परीक्षण गरिएको अमेरिकाकी मिसाईल परीक्षण केन्द्र एमडीएले जनाएको थियो।

 

 

 

 

 

 

प्रकाशित: १६ श्रावण २०७४ ०९:४७ सोमबार

उत्तर कोरिया साझा चुनौती