अन्तर्राष्ट्रिय

लन्डनको ग्रेनफेल टावरमा आगलागी

लन्डन–  लन्डनको पश्चिमी क्षेत्रमा पर्ने ग्रेनफेल टावरमा भीषण आगलागी भएको छ । आगलागी नियन्त्रणमा लिनका लागि करिब २०० को संख्यामा अग्नी नियन्त्रक यन्त्रहरू परिचालन गरिएको छ। पश्चिम लन्डको ल्याटिमेर रोडस्थित टावर ब्लकमा आगलागी भएको हो। प्रहरीका अनुसार आगलागीका कारण घाइते भएका कैयौको उपचार भइरहेको छ।

आगलागीका कारण मानिहरू घर भित्रै थुनिएका र केही मानिसहरू झ्याल नजिक देखिएका प्रहरीले बताएको छ । प्रत्यक्षदर्शी टिम डाउनीका अनुसार आगलागीका कारण जलिरहेको भवन लड्न सक्ने खतरा रहेको बताएका छन्। आगलागीका कारण २४ तला रहेको उक्त घरका १२० फ्ल्याट नष्ट भएको प्रहरीको दाबी रहेको छ।

 

 

प्रकाशित: ३१ जेष्ठ २०७४ ०५:२० बुधबार

लन्डनको ग्रेनफेल टावरमा आगलागी