अन्तर्राष्ट्रिय

उत्तर प्रदेशमा बस दुर्घटना हुँदा २२ जनाको जलेर मृत्यु

नयाँ दिल्ली- भारतको उत्तर प्रदेशको बरेलीमा ट्रक र बस ठोक्किँदा २२ जनाको जलेर मृत्यु भएको छ भने १५ जनाभन्दा बढी घाइते भएका छन्।

तीव्र गतिमा आएको ट्रक र बस ठोक्किएपछि आगो लागेको र बसभित्र रहेका २२ जनाको घटनास्थलमै जलेर मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटना भएलगतै ट्रक डाइभर फरार छन्। आइतबार राति उक्त बस नयाँ दिल्ली जाने क्रममा दुर्घटना भएको थियो।

घटनापछि ट्रकको डिजेल ट्यांकी फुटेको र आगो लागेको प्रहरीको दाबी छ। मृत्तकहरुको पहिचान हुन सकेको छैन।

प्रकाशित: २२ जेष्ठ २०७४ ०६:४३ सोमबार

उत्तर प्रदेशमा बस दुर्घटना हुँदा २२ जनाको जलेर मृत्यु