अन्तर्राष्ट्रिय

हत्या गरेर भिडियो फेसबुकमा राखेपछि...

फेसबुकमा हत्याको भिडियो पोष्ट गर्ने स्टीभ स्टीफन्स।

वासिङटन—अमेरिकाको ओहायोमा एक ७४ वर्षिय वुद्धको हत्या भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। मारिने ७४ वर्षिय रोबर्ट गुडविन हुन्।

घटनामा संलग्न रहेको शङ्कामा स्टीभ स्टीफन्सलाई ओहायो प्रहरीले खोजी कार्य तीव्र बनाएको छ। उनले फेसबुकमा भिडियो पोष्ट गर्दे अझै १३ हत्या गर्ने बताएका छन्। स्टीफन्सले आफैँ फेसबुकमा भिडियो सार्वजनिक गरेका हुन्।

उक्त घटनामा संलग्न रहेको शङ्कामा स्टीभ स्टीफन्सलाई ओहायो प्रहरीले खोजी कार्य तीव्र बनाएको छ। उनले फेसबुकमा भिडियो पोष्ट गर्दे अझै १३ हत्या गर्ने बताएका छन्। स्टीफन्सले आफैँ फेसबुकमा भिडियो सार्वजनिक गरेका हुन्।

हत्याराको खोजी कार्र्य  तीव्र बनाएको प्रहरीले जानकारी दिएको छ। उनको खोजीको लागि ओहायो विभिन्न क्षेत्र तथा अन्य क्षेत्रहरुमा समेत प्रहरी खटाइएको छ।

ओहायो प्रहरी प्रशासनले हत्याराको तस्विर सामाजिक सञ्जालहरुमा सार्वजनिक गर्दे उनको अगाडि नजान सम्पूर्ण जनताहरुमा अपिल गरेको छ। हत्यारालाई देख्ने व्यक्तिले प्रहरीमा जानकारी दिनका लागि प्रहरी प्रशासनले अपिल गरेको छ।

गत मार्चमा  अमेरिकामा एक व्यक्तिलाई १३ पटक गोली हानी हत्या गरिएको थियो। गत जुनमा अमेरिकाको शिकागोमा गरिएको एक हत्याको दृश्य पनि फेसबुकमा भाइरल भएको थियो।    

प्रकाशित: ४ वैशाख २०७४ ०९:५६ सोमबार

हत्या गरेर भिडियो फेसबुकमा राखेपछि...