अन्तर्राष्ट्रिय

सैन्य जहाज दुर्घटनाग्रस्त

टर्की—सिरियाको एउटा सैन्य जहाज टर्कीसँगको सीमा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ। सीमा क्षेत्रमा विमान दुर्घटना भएको टर्कीका सुरक्षा अधिकारीले पुष्टि गरेका हुन्।

टर्कीको सुरक्षा फौजले कुनै हस्तक्षेप पनि गरेको थिएन। कुनै प्राविधिक गडबडीले जहाज खसेको हुनुपर्छ’, ती अधिकारीले भने।

सिरियासँग सीमा जोडिएको टर्कीको आकाशमा सो जहाज खसेको हटाया प्रदेशका गर्भनर इड्रल एटाको भनाइ उदृत गर्दै समाचार संस्था एन्डुलुले जनाएको छ। ‘सो जहाजले एयरस्पेस उल्लंघन गरेको थिएन। टर्कीको सुरक्षा फौजले कुनै हस्तक्षेप पनि गरेको थिएन। कुनै प्राविधिक गडबडीले जहाज खसेको हुनुपर्छ’, ती अधिकारीले भने।

शनिबार साँझ ६ः३० बजे सो जहाज खसेको जानकारी गाउँलेले सरकारी अधिकारीलाई दिएका थिए। त्यसपछि सरकारी अधिकारीले उद्धार टोली घटनास्थलतर्फ पठाएको थियो।
घटनामा भएको मानवीय क्षतिबारे केही बताइएको छैन।
 

प्रकाशित: २२ फाल्गुन २०७३ १२:५३ आइतबार

सैन्य जहाज दुर्घटनाग्रस्त