अन्तर्राष्ट्रिय

ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको भारतको दाबी

इन्टरसेप्टर मिसाइलको नमुना तस्बिर

नयाँदिल्ली– भारतले आज उडिसा राज्यको सामुद्रीक तटमा आफ्नो इन्टरसेप्टर मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको छ। द्विस्तरीय ब्यालेस्टिक मिसाइल रक्षा प्रणाली सुधारका लागि एक महत्वपूर्ण उपलिब्ध भएको भारतले जनाएको छ।

भारतको अब्दुल कलाम द्विपमा विहान पौने ८ बजे उक्त मिसाइल प्रक्षेपण गरिएको भारतीय सञ्चार माध्यमहरुको दाबी छ।  करिब २ हजार किलोमिटरभन्दा ज्यादा दूरीबाट आउने मिसाइलहरुलाई रोक्न प्रतिरक्षा मिसाइलका लागि तयार गरिएको बताइएको छ। म्म मारहान्न सक्ने गरी विकसित गरिएको दाबी भारतको दाबी छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले एक कार्यक्रमलाई सम्बोधन गर्दै भारतले परीक्षण गरेको स्तरको मिसाइल विश्वका ४–५ देशसँग मात्र रहेको दाबी गरेका छन्।

प्रकाशित: २९ माघ २०७३ १२:५२ शनिबार

ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेको भारतको दाबी