अन्तर्राष्ट्रिय

फ्रान्सेली आणविक भट्टी विस्फोट

काउन (फ्रान्स)—फ्रान्सको उत्तरपश्चिममा अवस्थित सामुद्रिक इलाकामा रहेको एक आणविक भट्टी विस्फोट भएको छ। भट्टीमा कार्यरत पाँच जना कर्मचारी घाइते भएका छन्। 

स्थानीय सरकारी अधिकारी ज्याक्स विटकोस्कीले यो आणविक दुर्घटना तर सामान्य विस्फोट भएको उल्लेख गरेका छन्। 

सन् १९८० देखि सञ्चालनमा रहेको भट्टीको एउटा भेन्टिलेटर आणविक क्षेत्रभित्र विस्फोट भएको र यसबाट धुँवाको सामान्य मुस्लो निस्केको र यसैका कारण श्वासप्रश्वासमा समस्या हुँदा पाँच जनालाई अस्पताल भर्ना गरिएको छ। उनीहरू अहिले खतरामुक्त रहेको विटकोस्कीले बताए। रासस/एएफपी

प्रकाशित: २८ माघ २०७३ ०५:५४ शुक्रबार

फ्रान्सेली आणविक भट्टी विस्फोट