अन्तर्राष्ट्रिय

अपहरित इराकी महिला पत्रकार मुक्त

बग्दाद- गतहप्ता बग्दादमा अवस्थित आफ्नो निवासबाट अपहरणमा परेकी इराकी महिला पत्रकार बुधबार मुक्त भएकी छिन्।

बग्दादको सुरक्षा स्रोतले चिनियाँ समाचार समिति, सिन्ह्वालाई दिएको जानकारी अनुसार ती पत्रकार मङ्गलबार मुक्त भएकी छिन्।

मध्य बग्दादमा रहेको उनको निवासबाट गत हप्ता ती पत्रकारलाई अज्ञात व्यक्तिले अपहरण गरेका थिए । अपहरित महिला पत्रकार अफ्राह साक्वी स्थानीय पत्रिकामा काम गर्छिन्।

उनलाई गतहप्ता अपहरण गरिएको थियो र गतराति उनको निवासनजिकै ल्याएर छोडिएको थियो। सुरक्षा स्रोतले सो घटना अनुसन्धानरत् रहेको जनाएको छ।

उनलाई कसले अपहरण गरेको हो र किन ल्याएर छोडियो भन्ने बारेमा अनुसन्धान गरिने जानकारी सुरक्षा स्रोतले दिएको छ।

गएको २६ डिसेम्बरका दिन उनको घरमा आई हतियारधारीहरुले उनको घर फोडेर प्रवेश गरी उनका गर गहना र सामानहरु पनि लुटेका थिए। साथै उनको कार पनि लुटे लगेका थिए।

ती सबै सामानहरु पनि फिर्ता लगिदिएका प्रहरी स्रोतले जानकारी दिएको छ। उनलाई अपहरण गरिएका व्यक्ति एवम् अपहरण गर्नु पर्नाको कारणका बारेमा भने केही खुलेको छैन। रासस/सिन्ह्वा

 

प्रकाशित: २० पुस २०७३ १४:०८ बुधबार

अपहरित इराकी महिला पत्रकार