अन्तर्राष्ट्रिय

उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल परीक्षण अन्तिम चरणमा

बेइजिङ— उत्तर कोरियाले अन्तरार्ष्ट्रिय ब्यालेस्टिक मिसाइल सुरुवात गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ। उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको भनाइ उदृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएअनुसार मिसाइल सुरु गर्ने कार्य अन्तिम चरणमा प्रवेश गरेको हो।

मिसाइल सुरु गर्ने कार्य अन्तिम चरणमा प्रवेश गरेको छ।

सेप्टेम्बरको सुरुवातमा उत्तर कोरियाले इस्ट कोस्टबाट ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। त्यति बेला उसले तीन मिसाइल लञ्च गरेको थियो। ती सबै मध्यम गतिमा मार हान्न सक्ने क्षमताका भएको जनाइएको थियो।

उत्तर कोरियाले अन्तरार्ष्ट्रिय मार हान्ने गरी ब्यालेस्टिक मिसाइल परीक्षण गर्दा सो जापान तथा दक्षिण कोरियाको शान्ति सुरक्षा खतरामा पर्ने भनेर आलोचना हुँदै आएको छ। उत्तर कोरियाको अन्तरार्ष्ट्रिय सुरक्षा प्रणाली चिनियाँ संस्थापनको सहयोगमा निर्भर रहेको विश्वास गरिन्छ।

प्रकाशित: १७ पुस २०७३ १०:२३ आइतबार

उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल परीक्षण अन्तिम चरणमा