अन्तर्राष्ट्रिय

आइएसविरुद्ध हवाई आक्रमण हुँदा २२ सर्वसाधारणको मृत्यु

बेरुत—इस्लामिक स्टेटको बलियो प्रभाव रहेको पूर्वीसिरियाको एक इलाकामा भएको हवाई आक्रमणमा कम्तीमा २२ व्यक्तिको मृत्यु भएको छ। 

यस आक्रमणमा परी १० बालबालिकासहित २२ सर्वसाधारणको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ। रसिया, अमेरिका, टर्की र सिरियासँग आवद्ध सेनाले आइएसविरुद्ध हवाइ आक्रमण गर्दै आएको छ।

सिरियन ह्युम्यान राइट्सका अनुसार डेइर इजोर को होज्नास्थित भएको यस हवाई आक्रमणमा परी दुई परिवारका सदस्यहरु मारिएका छन्। इराकको सिमानामा रहेका यो प्रान्त होम्सपछिको दोस्रो ठूलो प्रान्त हो। 

तेलको धनी यस प्रान्त प्रायः सबै आइएसको नियन्त्रणमा रहेको र अमेरिकाआवद्ध संयुक्त सेनाले यहाँ बारम्बार कारबाही गर्दै आएको छ। 

सिरियामा आइएस लक्षित हवाई आक्रमण अमेरिका, टर्की, सिरियाली सरकार र सिरियाको उत्तरी प्रान्त अलेप्पोमा रसिया आवद्ध हुने गरेको छ। 

प्रकाशित: १३ पुस २०७३ ११:२९ बुधबार

आइएसविरुद्ध हवाई आक्रमण हुँदा २२ सर्वसाधारणको मृत्यु