अन्तर्राष्ट्रिय

इराकको मोसुलबाट ९१ हजारभन्दा बढी विस्थापित

जेनेभा-इराकको मोसुल सहरमा सैनिक कारबाही सुरु भएपछि त्यहाँबाट अहिलेसम्म ९१ हजार भन्दा बढी विस्थापित भएको अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओएम)ले सोमबार जनाएको छ ।

एक हप्ता अगाडी सम्म सो ठाउँबाट विस्थापित हुनेहरुको संख्या ८१ हजार १०८ रहेका थिए । इराकको उत्तरी सहर मोसुलबाट १५ हजार २०० परिवार विस्थापित भएका हुन् । इराकको उत्तरी सहर मोसुलमा जारी द्वन्द्वको कारण उनीहरु घरवार छोड्न बाध्य भएका बताइएको छ ।

आइओएमका तथ्याङ्कका अनुसार सैनिक कारबाहीको कारण विस्थापित भएका ती व्यक्तिहरुमा ७६ प्रतिशतलाई शिविरमा राखिएको छ ।

सन् २०१४ को जुन महिनाबाट इस्लामिक स्टेट (आइएस) लडाकूको नियन्त्रणमा गएको यो सहर इराक सैनिकले गत अक्टोबर १७ देखि पुनः नियन्त्रणको लागि सुरु गरेको कारबाहीमा कुर्दिस पेशमेर्गा लडाकू समूहले पनि सहयोग गरेका थिए ।

सो कारबाहीको क्रममा अमेरिकाआवद्ध संयुक्त सेनाले हवाई आक्रमणलगायत स्थल कारबाहीमा पनि सहयोग गरिरहेको छ ।

जारी एक प्रतिवेदनअनुसार, झण्डै पाँच हजार आइएस लडाकूहरुले मोसुल नियन्त्रणमा लिएको छ । रासस-सिन्ह्वा

प्रकाशित: २८ मंसिर २०७३ ०९:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App