अन्तर्राष्ट्रिय

ब्राजिलमा प्रहरी हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

रियो डि जानेरो- ब्राजिलको दोस्रो ठूलो सहर रियो डी जानेरोनजिकै शनिबार प्रहरी हेलिकोप्टर दुर्घटना हुँदा चार प्रहरी अधिकारीको मृत्यु भएको छ।

ब्राजिलियाली तटीय सहर रियो डी जानेरोमा लागुऔषधविरुद्ध अभियान चलाइरहेका अवस्थामा सो दुर्घटना भएको बताइएको छ । घटनास्थलमा प्रहरी र लागुऔषध ओसारपसार गर्नेका बीचमा केहीबेर गोली हानाहानसमेत भएको प्रहरीको सहयोगका लागि गइरहेको विमानलाई बलपूर्वक अवतरण गर्न खोज्दा दुर्घटना भएको जनाइएको छ ।

दुर्घटना भएको ठाउँ क्युडाड डे दिओस सन् २००२ मा रिलिज भएको ‘सिटी अफ गड’ नामक फिल्मका कारण संसारभरि चर्चित छ । रासस/सिन्ह्वा

 

प्रकाशित: ५ मंसिर २०७३ ११:२३ आइतबार

ब्राजिलमा प्रहरी हेलिकोप्टर दुर्घटना चारको मृत्यु