अन्तर्राष्ट्रिय

ट्रम्पको जितले क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास

टोरान्टो — अमेरिकी राष्ट्रपति चुनाबको मतगणनामा भइरहँदा अमेरिकीहरुले क्यानडा सर्ने निवेदनमा तीब्रता दिए। ट्रम्प विजय हुने सुनिश्चित हुँदै गएपछि अमेरिका छोडेर क्यानडा बसाइँ सर्न चाहने अमेरिकीहरु यति धेरै भए कि आवेदन ट्राफिक धान्न नसक्दा क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास हुन पुग्यो।

ट्रम्प विजय हुने सुनिश्चित हुँदै गएपछि अमेरिका छोडेर क्यानडा बसाइँ सर्न चाहने अमेरिकीहरु यति धेरै भए कि आवेदन ट्राफिक धान्न नसक्दा क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास हुन पुग्यो।

निवेदकहरुले अमेरिकी नागरिकता त्यागेर क्यानडा बसाइ सर्न चाहेका थिए। साइट क्र्यास हुँदा धेरै अमेरिकीले क्यानडा जाने फर्म भर्नबाट बञ्चित भएको बताइएको छ।

क्यान्डाको सिटिजनसीप एन्ड माइग्रेसन सर्भिसका अधिकारीले यस बारेमा टिप्पणी गर्न चाहेनन्। धेरैले ट्रम्पको विजयका कारण अमेरिकीहरु क्यानडा सर्न चाहेको उल्लेख गरेका छन्।

अमेरिकाले नयाँ राष्ट्रपति पाउँदै गर्दा भएको घटनालाई लिएर सोसल मिडियामा ठूलो बहस भएको छ। कतिपयले डोनाल्ड ट्रम्पको अभद्र प्रस्तुति तथा कट्टरपन्थी सोचका कारण अमेरिकीहरु देश छोड्ने प्रयास गरेको बताएका छन्।

प्रकाशित: २४ कार्तिक २०७३ १४:३९ बुधबार

ट्रम्पको जितले क्यानडाको इमिग्रेसन वेबसाइट क्र्यास