अन्तर्राष्ट्रिय

चीनद्वारा मानवसहितको अन्तरिक्ष परिक्षण

बेइजिङ–चीनले मानवसहितको अन्तरिक्ष परीक्षण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। बीबीसीका अनुसार चीनले दुई जना अन्तरिक्ष यात्रीसहित सिन्जावो ११ नामक अन्तरिक्षयान पृथ्वीको कक्षमा पठाएको बताएको हो। चीनले अन्तरिक्षमा आफ्नो छुट्टै स्पेस स्टेशन बनाउने योजना अनुरुप मानवसहितको अन्तरिक्षयान परिक्षण गरेको बताइएको छ।

चीनले उत्तरी भागमा रहेको ज्युकवान स्याटेलाइट परिक्षण केन्द्रबाट दुई अन्तरिक्ष यात्री सहित अन्तरिक्षयानलाई परिक्षणमा पठाएको हो। यस परिक्षणमा जिङ हाइपिङ र चेन डोङ सहभागी रहेका छन् । हाइपिङ यस भन्दा अघि दुई पटक अन्तरिक्षमा गइसकेका छन् । उनीहरुले ट्यानगोङ स्पेस ल्याभमा अवतरण गर्ने र त्यहाँ ३० दिन बिताउने  बताइएको छ। यससँगै उनीहरु अन्तरिक्षयानमा लामो समय बिताउने पहिलो चिनियाँ अन्तरिक्ष यात्री बन्नेछन् ।

यस परिक्षणलाई चन्द्रमा र मंगल ग्रहमा मानवसहितको अन्तरिक्ष पठाउने योजनामा रहेको चीनको तयारीका रुपमा लिनुपर्ने बताइएको छ । अन्तरिक्षमा मानवसहितको अन्तरिक्षयान पठाउने चीन विश्वको तेस्रो मुलुक हो । यस अघि अमेरिका र रुसले मात्र अन्तरिक्षमा मानवसहितको अन्तरिक्षयान पठाएका थिए । यस अघि चीनले सन् २०१३ मा मानवसहितको युटु रोभर नामक अन्तरिक्ष चन्द्रमामा पठाएको थियो । यसलाई सैन्य उद्देश्य भन्दै अन्तर्राष्ट्रिय स्पेस स्टेशनबाट हटाइएको थियो।

चीन आफ्नो छुट्टै सपेश स्टेशन खडा गर्न लागि परेको छ र यसका लागि उसले यस वर्ष मात्र २० वटा अन्तरिक्षयान परिक्षण गरिसकेको छ । चीनले यस योजना अन्तर्गत ट्याङगोङ टु लाई विस्तार गर्दै अन्तरिक्षमा थप सामान पठाउने र यसका लागि केही वर्ष लाग्ने बताएको छ। चीनको यस योजनाले सन् २०२२ सम्ममा पुर्णता पाउने विश्वास गरिएको छ ।

 

प्रकाशित: १ कार्तिक २०७३ ०७:०६ सोमबार

चीनद्वारा मानवसहितको अन्तरिक्ष परिक्षण