अन्तर्राष्ट्रिय

अन्तर्वार्तामा प्रयोग पहिरनका कारण चीनमा एक पत्रकार बर्खास्त

बेइजिङ— चीनमा एक टेलिभिजन पत्रकारले बाढीपीडितसँग अन्तरवार्ता लिने क्रममा प्रयोग गरेको समान कै कारण आफ्नो जागिर गुमाउन परेको छ।

नाम नखुलाइएको उक्त टेलिभिजन पत्रकारले स्यामिन सहरमा बाढीपीडितसँग अन्तरवार्ता लिनेक्रममा सन ग्लास लगाएको र छाता समात्दै गरेको तस्बिर सामाजिक सञ्जालहरुमा भाइरल भएपछि उनले जागिर गुमाउनु परेको हो।

उनी कार्यरत टेलिभिजनले एक विज्ञप्ति निकाल्दै भनेको छ, ‘हाम्रो एक सहकर्मीले कम्पनीको नियम उल्लंघन गरिन् र उनले आफ्नो व्यवसायिक मर्यादाविपरीत अन्तरवार्ता लिइन्।’

टेलिभिजनले आफ्नो पत्रकारले पत्रकारिताको धज्जी उडाएको र सर्वसाधरणमा पत्रकारिताप्रति नकारात्मक प्रभाव पारेको आरोप लगाएको छ।

उनी बर्खास्तमा परेपछि चीनको सामाजिक सञ्जाल विवोका केही  प्रयोगकर्ताले भने एक पत्रकारले सन ग्लास प्रयोग गरेकै कारण जागिर गुमाउनु लज्जास्पद भएको बताएका छन्। केही प्रयोगकर्ताले आफ्नो व्यवसायिक मर्यादा भुलेको आरोप लगाएका छन्।

प्रकाशित: ७ आश्विन २०७३ ०८:५८ शुक्रबार

अन्तर्वार्तामा प्रयोग पहिरनका कारण चीनमा पत्रकार बर्खास्त