अन्तर्राष्ट्रिय

अबैध हतियार राखेको भन्दै मेसीका दाई पक्राउ

रोसारीयो –अर्जेन्टिनको एक अदालतले अबैध हतियार राखेको भन्दै लियोनल मेसीका दाई मटियास मेसीलाई स्थानीय एक क्लबमा एक वर्ष सम्म फुटबल प्रशिक्षण दिनुपर्ने सजाय सुनाएको छ।

उनलाई अर्जेन्टिनाको प्रहरीले गत अक्टोबरमा रोसारियो सहरमा प्रहरी जाँचका क्रममा उनको कारबाट लाइसन विनाको  पेस्तोल सहित पक्राउ गरेको थियो।

स्थानीय एक अदालतका न्यायाधीस गोञ्जाले लोपेज क्विाइटेनले मटियासले स्थानीय  रोसारीयो फुटबल क्लबमा एक वर्षका लागि फुटबल प्रशिक्षण दिनु पर्ने सजाय सुनाएका हुन्। सजाय अनुसार उनले एक वर्ष सम्म हप्ताको चार दिन उक्त फुटबल  क्लबमा प्रशिक्षण  दिनका लागि जानु पर्ने छ। साथै अदालतले उनलाई ४ सय युरो जरिवाना  पनि तोकेको छ।

यस अघि सन् २००८ र २०११ म पनि उनी अबैध हतियार राखेको भन्दै पक्राउ परेका थिए।

केहि सयम अघि मात्र स्पेनको एक अदालतले उनका भाई लियोनल मेसी र उनका बुबा जर्ज मेसीलाई  कर छलि गरेको भन्दै २१ महिनाको जेल सजाय सुनाएको थियो।

 

 

प्रकाशित: ३१ भाद्र २०७३ १२:४५ शुक्रबार

अबैध हतियार राखेको भन्दै मेसीका दाई पक्राउ