अन्तर्राष्ट्रिय

बुर्किनीमाथि प्रतिबन्ध हटाउन फ्रान्सेली उच्च अदालतको अन्तरिम आदेश

पेरिस– फ्रान्सको एक उच्च अदालतले बुर्किनीमाथिको प्रतिबन्ध हटाउन अन्तरिम आदेश  दिएको छ।
फ्रान्सको केही नगरमा त्यहाँको स्थानीय प्रशासनले केही दिनअघि समुद्री तटमा महिलाले पौडी खेल्दा लगाउने पुरै शरीर ढाक्ने बुर्किनी नामक पाोसाकमा प्रतिबन्ध लगाएपछि त्यसको राष्ट्रिय स्तरमा नै विरोध हुँदै आएको थियो।

अदातलले आफ्नो फैसला सुनाउँदै भनेको छ, ‘ब्रुर्किनीमाथिको प्रतिबन्ध गम्भीर तथा अत्यन्तै नाजायज छ, यसले मानिसको स्वतन्नत्रतामाथि बन्देज लगाएको छ, त्यसैले अदालत तत्काल बु्रर्किनीमाथिको प्रतिबन्ध हटाउन निर्देशन दिन्छ।’ साथै अदालतले यस बारेमा केही दिनमै अन्तिम फैसला सुनाउने पनि जनाएको छ।
तर आदतलको आदेशपछि पनि निस, फ्रिज्युस तथा कोर्सिकानका मेयरहरुले भने आफ्नो सहरका ब्रुर्किनीमाथिको प्रतिबन्ध यथावत रहेको प्रतिक्रिया दिएका छन्।

फ्रान्सको विभिन्न १६ नगरको समुद्री तटमा बु्रर्किनी लगाएर जान प्रतिबन्ध लगाएको थियो। सो निर्णयपछि त्यहाँको अधिकारबादी संस्था एन्टिइस्लामफोबियाले यस निर्णय सच्चाउन माग गर्दै अदालतमा मुद्दा दर्ता गरेको थियो।

 

प्रकाशित: ११ भाद्र २०७३ ०५:४४ शनिबार

बुर्किनीमाथि प्रतिबन्ध हटाउन फ्रान्सेली अदालतको अन्तरिम आदेश