अन्तर्राष्ट्रिय

दुई कोरियन जिम्न्यास्टिक खेलाडीको सेल्फी सामाजिक संजालमा भाइरल

रियो दि जेनेरियो –ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ मा दुई कोरियन खेलाडीले खिचेको सेल्फी अहिले समाजिक संजालमा भाइरल भएको छ। विगत केही वर्षदेखि आपसी सम्बन्ध राम्रो नभएका दक्षिण कोरिया र उत्तर कोरियाका महिला जिम्न्यास्टिक खेलाडीले खेल सुरु हुनु भन्दा पहिला सेल्फी लिएका थिए। दक्षिण कोरियाकी लि युन जु र उत्तर कोरियाकी होङ युन जोङले खेलअघि लिएको उक्त सेल्फीले अहिले सामाजिक संजालमा प्रशंसा बटुलिरहेको छ।

सामाजिक संजाल प्रयोगकर्ताले उनीहरुले सेल्फी लिँदै आफ्नो देशहरु शत्रुवत् व्यवहारमा रहेपनि आफूहरुमा खेल भावना रहेको भन्दै प्रशंसा  गरेका छन्। तर केही प्रयोगकर्ताले भने उनीहरुमाथि कारवाही हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
कतिपयले भने जोङले यसअघि पनि सन् २०१४ मा  अमेरिकन जिम्न्यास्टिक खेलाडी  सिमोनी बालिस्सँग पनि सेल्फी लिएकाले उनी माथि कारबाही नहुने बताएका छन्।

 

प्रकाशित: २६ श्रावण २०७३ ०७:१९ बुधबार

दुई कोरियन जिम्न्यास्टिक खेलाडीको सेल्फी सामाजिक संजालमा भाइरल