अन्तर्राष्ट्रिय

फ्रान्समा आतंककारी आक्रमण, कम्तिमा ७५ जनाको मृत्यु

फ्रान्सको निस सहरमा आतंककारी आक्रमणमा परी ७५ जना बढीको मृत्यु भएको छ। स्थानीय अधिकारीका अनुसार आक्रमणमा परी सय जनाभन्दा बढी घाइते भएका छन्। बास्टिल दिवसको उपलक्ष्यमा आतिसबाजी भइरहेका बेला यो घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

समाचारमा उल्लेख भएअनुसार ट्रकबाट बन्दुक र ग्रिनेट बरामद भएको छ। प्रहरीले ट्रक चालकलाई गोली हानी मारेका छन्।

घटनालगत्तै फ्रान्सका राष्ट्रपति होलान्देले आकास्मिक बैठक डाकेका छन्। पछिल्लोपटक भएको आतंककारी आक्रमणसँगै फ्रान्समा आपतकाल लागू गरिएको थियो। जुन अहिलेसम्म लागू नै छ।

प्रकाशित: ३१ असार २०७३ ०१:३९ शुक्रबार

फ्रान्समा आतंककारी आक्रमण कम्तिमा ७५ जनाको मृत्यु