अन्तर्राष्ट्रिय

बग्दादमा आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु

बग्दाद–इराकको राजधानी बग्दादमा भएको दुई छुट्टा छुट्टै आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु भएको छ भने सय भन्दा बढी मानिस घाइते भएका छन्।

शनिबार कराडास्थित अति व्यस्त सहरकाबीच एउटा आत्मघाती कार विस्फोट गरिएको  अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।  सो क्षेत्रमा सर्वसाधारणको किनमेल र मनोरन्जनका लागि चहलपहल थियो। त्यसको केही क्षणपछि नै राजधानीबाट केही उत्तर शिया समुदायको बाहुल्य रहेको क्षेत्रमा अर्को विस्फोट गराइएको संचारमाध्यमले उल्लेख गरेका छन्।

गत हप्तापनि फजुल्लाहामा प्रहरीका जवान सवार बसमा लक्षित गरी इस्लामिक स्टेट आइएसआइले विस्फोट गराएको थियो। सो विस्फोटमा परी ४० प्रहरी जवानको मृत्यु भएको थियो।

विस्फोट गरिएको उक्त सहर आइएसआई विरुद्धको कारबाहीका लागि प्रयोग गरिँदै आइएको थियो। सो विस्फोटको आइएसआईले अनलाइनमा एक विज्ञप्ति जारी गर्दै  जिम्मा लिएको छ।

 

प्रकाशित: १९ असार २०७३ ०८:०९ आइतबार

बग्दादमा आत्मघाती विस्फोटमा परी ७५ जनाको मृत्यु