पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको र एकको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ७५७ जनाको पीसीआर परीक्षण गर्दा ३४३ जना र २ हजार १९२ जनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ। पछिल्लो २४ घण्टामा ४१७ जना संक्रमणमुक्त भएका छन्।
प्रकाशित: ७ भाद्र २०७९ ११:०९ मंगलबार