स्वास्थ्य

नेपाली नर्स बेलायत पठाउन आज द्धिपक्षीय सम्झौता हुँदै

फाइल तस्बिर

नेपाली नर्सलाई बेलायत पठाउन नेपाल सरकार र बेलायत सरकारबीच आज द्धिपक्षीय श्रम सम्झौता हुँदै छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज अपरान्ह १२ बजे एक कार्यक्रमकाबीच द्धिपक्षीय श्रम सम्झौता हुन लागेको हो।  

सम्झौतामा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नेछन्।  

बेलायत सरकारले बेलायतको नेसनल हेल्थ सर्भिसेसअन्तरगतका स्वास्थ्य संस्थाहरूमा काम गर्न १० हजार नेपाली नर्सिङ जनशक्तिको माग गरेको छ। सोहि कार्यक्रम अन्र्तगत १० हजार नेपाली नर्स बेलायत जाँदै छन्। 

प्रकाशित: ६ भाद्र २०७९ ०५:४५ सोमबार

बेलायत सरकार नेपाली नर्स बेलायत पठाउन