स्वास्थ्य

गाउँमै प्रसूति सेवा

जिल्ला जनस्वास्थ्य कार्यालयले दक्ष स्वास्थ्यकर्मीसहित बाँके जिल्लाका वैजापुर गाउँलगायत १३ गाउँमा प्रसूति सेवा सञ्चालन गरेको छ। 

जिल्लाको पूर्वी बैजापुरबाट पश्चिमको सोनपुर स्वास्थ्य केन्द्रमा स्थानीय स्वास्थ्य निकायको पहलमा प्रसूति सेवा सञ्चालनमा आएको जनाइएको छ।

गाउँमै प्रसूति सेवा सञ्चालनमा आएपछि सामान्य अवस्थाको प्रसूतिका लागि नेपालगञ्ज धाउनुपर्ने सेवाग्राहीको बाध्यताको अन्त्य भएको छ । साविकको ४६ गाविस रहेको बाँकेको अहिले आठ स्थानीय तह छ। छ गाँउपालिका र दुई नगरपालिका छन्। सो स्थानमा सेवा सञ्चालन गर्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायसँग छलफल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले बताए।

प्रकाशित: २५ श्रावण २०७९ ०५:३७ बुधबार

प्रसूति सेवा सञ्चालन