स्वास्थ्य

मङ्कीपक्स भाइरस कति घातक?

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको प्रकोपलाई शनिबार विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ। डब्लुएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेएससले शनिबार मङ्कीपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेका हुन्।

गेब्रेयससले ७५ देशबाट १६ हजारभन्दा बढी मङ्कीपक्सका ‘केस’हरू रिपोर्ट भइसकेको बताएका छन्। प्रकोपका कारण अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको पनि उनले बताए।अमेरिका तथा युरोपेली मुलुक हुँदै पछिल्ला दिनहरूमा विश्वका विभिन्न देशमा मङ्कीपक्स संक्रमण फैलँदो क्रममा छ।  

केही साताअघि नेपालमा पनि एक जनामा मंकिपक्सको संक्रमण भएको आशंका गरिएको थियो। परीक्षण गर्दा उनमा कुष्ठरोग भएको पुष्टि भएको थियो। नेपालमा भने अहिलेसम्म यो संक्रमण पुष्टि भएको छैन।

तर,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि मङ्कीपक्स फैलन सक्ने हुँदा सर्तकता अपनाउन भने आग्रह गरिरहेको छ।

मङ्कीपक्सको सुरुवात

विश्व स्वास्थ्य संगठनका अनुसार सन् १९७० मा कंगोबाट सुरु भएको मङ्कीपक्स संक्रमण सोही वर्ष १०अफ्रिकी मुलुकमा फैलिएको थियो।  

त्यसपछि यो रोग मध्य तथा पश्चिम अफ्रिकाका बेनिन, क्यामरून, सेन्ट्रल अफ्रिकन रिपब्लिक, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, गाबोन, घाना, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, रिपब्लिक अफ द कंगो, सिरालियोन र दक्षिण सुडानमा बेला–बेलामा देखिने गरेको थियो।

सन् २००३ मा अफ्रिकी मुलुकहरूबाट आयातित कुकुरहरूको माध्यमबाट अमेरिकामा यो संक्रमण फैलिएको थियो। सन् २०१७ मा नाइजेरियमा फैलिएको मंकीपक्सबाट १७२ जना संक्रमित भएका थिए। तीमध्ये ७५ प्रतिशत २१ देखि ४० वर्षसम्मका युवा थिए।

गेब्रेयससले ७५ देशबाट १६ हजारभन्दा बढी मङ्कीपक्सका ‘केस’हरू रिपोर्ट भइसकेको बताएका छन्। प्रकोपका कारण अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको पनि उनले बताए।अमेरिका तथा युरोपेली मुलुक हुँदै पछिल्ला दिनहरूमा विश्वका विभिन्न देशमा मङ्कीपक्स संक्रमण फैलँदो क्रममा छ।  

कति घातक?

मानिसमा मङ्कीपक्स नामक भाइरसबाट हुने एक प्रकारको संक्रमण हो। डब्ल्यूएचओले यसलाई स्मलपक्स बिफरकै एउटा प्रजाति भएको जनाएको छ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन अहिलेसम्मको संक्रमण अवस्था हेर्दा त्यति घातक नभएको बताउँछन्। तर आगामी दिनमा भाइरस घातक पनि हुन् सक्ने उनको भनाइ छ।  

उनका अनुसार मङ्कीपक्स हुँदा सुरुमा व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन्। त्यस्तै शरीरमा बिमिरा आउने र विस्तारै बिमिराहरू पानी फोकाका रूपमा परिणत हुने गर्दछ।  त्यसपछि बिमिराहरू पानी फोकाका रूपमा परिणत हुने र केही दिनपछि सुकेर जाने हुन्छ।

उनका अनुसार मङ्कीपक्स हुँदा सुरुमा व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशीहरू सुन्निनेजस्ता लक्षण देखिन्छन्। त्यस्तै शरीरमा बिमिरा आउने र विस्तारै बिमिराहरू पानी फोकाका रूपमा परिणत हुने गर्दछ।  त्यसपछि बिमिराहरू पानी फोकाका रूपमा परिणत हुने र केही दिनपछि सुकेर जाने हुन्छ।

मङ्कीपक्स संक्रमणबाट हुने बिमिरा अनुहारमा पहिले देखिन्छ र विस्तारै शरीरका विभिन्न भागमा फैलिँदै जान्छ। विशेषगरी टाउको, हत्केला, पैतालाजस्ता भागमा यस्ता बिमिरा धेरै देखिन्छ। त्योसँगै लिङ्ग,गुप्ताङ्ग र मलद्वारहरुमा घाउँहरु देखिने पनि पुन बताउँछन्।  

मङ्कीपक्स कसरी सर्छ?

डा.पुन पछिल्लो समय यौनसम्पर्कका माध्यमबाट मङ्कीपक्स भाइरस फैलिएको बताउँछन्। विशेषगरी समलिङ्गीहरुबीचको यौनसम्पर्कबाट भाइरस फैलिरहेको उनको भनाइ छ। तर वीर्यबाट सर्ने की नसर्ने भन्ने कुरा अहिले पनि बहसमा नै रहेको उनी बताउँछन्।  

त्यसैले यौन अंगहरुमा त्यस्ता घाउहरु आएमा छाला रोग विशेषज्ञहरुसँग जचाँउन उनको सुझाव छ।    

त्यस्तै मङ्कीपक्स संक्रमित व्यक्तिको फोका फुटेको छालासँग सम्पर्कमा आउँदा पनि सर्न सक्छ। र्‍याल, थुकका छिटाजस्ता तरल पदार्थबाट पनि यो सर्न देखिएको छ।  

संक्रमित बाँदर, मुसा, लोखर्केजस्ता जनावरहरूसँग नजिक रहेका व्यक्तिमा मंकीपक्स सर्ने सम्भावना उच्च रहन्छ। हालसम्म मङ्कीपक्सविरुद्धको खोप भने बनेको छैन। तर, स्मलपक्सविरुद्ध बनेको पछिल्लो खोप यसमा पनि प्रभावकारी हुने डब्ल्यूएचओले जनाएको छ।

प्रकाशित: ९ श्रावण २०७९ ०७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App