स्वास्थ्य

दुई सय तेह्र जनामा डेङ्गुको संक्रमण

फाइल तस्बिर

जिल्लामा गत आर्थिक वर्षमा २१३ जनामा डेङ्गुरोगको संक्रमण देखिएको छ। तीन हजार ५६४ जनाको परीक्षणका क्रममा सो संख्यामा संक्रमण देखिएको हो।

स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार यो सङ्ख्या आर्थिक वर्ष २०७७र७८ को भन्दा कम हो। यस वर्षमा एक हजार ९८६ जनाको परीक्षणका क्रममा २४७ जनामा डेङ्गु देखिएको थियो।

एडिस जातिको पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने गर्दछ। ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेङ्गुका सुरुआती लक्षण हुन्। एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेङ्गु घातक हुने जनस्वास्थ्य अधिकृत ढकालले जानकारी दिए।  

डेङ्गु ज्वरो पाँचदेखि सात दिनसम्म रहन सक्छ। डेङ्गु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ। यो रोगबाट बच्न साँझपख लामो कपडा लगाएर बाहिर निस्कने, झुलभित्र बस्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने गर्नुपर्दछ। रासस

प्रकाशित: ३ श्रावण २०७९ ०५:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App