स्वास्थ्य

प्रदेश १ मा तीन संक्रमितको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २ सय १ जनामा कोरोना संक्रमण भएको छ। ५ सय २९ जनाको पीसीआर परीक्षण गर्दा १ सय १ र ५ सय ४२ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआराका आधारमा मोरङमा ३६, सुनसरीमा २५, झापामा २३, संखुवासभा र खोटाङमा २–२, तेहृथुम, इलाम, पाँचथर, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो।

मोरङको विराटनगरमा १५, सुन्दरहरैचामा ६, बुढीगंगामा ४, उर्लाबारीमा ३, रंगेली र बेलबारीमा २–२, रतुवामाई, ग्रामथान, कानेपोखरी र लेटाङमा १–१ जनामा संक्रमण देखिएको छ। सुनसरीको धरान र इटहरीमा ९–९, बराहक्षेत्रमा ४, रामधुनी, इनरुवा र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।

झापाको भद्रपुरमा ६, दमकमा ५, विर्तामोड र हल्दिबारीमा ३–३, मेचीनगरमा २, गौरादह, गौरीगञ्ज, कनकाई र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ। संखुवासभाको धर्मदेवी र चैनपुरमा १–१, खोटाङको जन्तेढुङ्गा र बराहपोखरीमा १–१, तेहृथुमको आठराई, इलामको देउमाई, पाँचथरको फालेलुङ, उदयपुरको बेलका र धनकुटाको धनकुटा नगरपालिकामा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा बिहीबार २ सय २२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ९६ महिला र १ सय २६ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन्। सक्रिय संक्रमितको संख्या २ हजार २ सय ६ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: २८ माघ २०७८ ०१:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App