स्वास्थ्य

फ्रान्समा भेटियो कोभिडको नयाँ भेरियन्ट, ओमिक्रोनभन्दा बढी संक्रामक भएको दाबी

फ्रान्समा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको दाबी गरिएकाे छ। फ्रान्सका वैज्ञानिकहरुले कोभिडको नयाँ भेरियन्टलाई बी.१.६४०.२ नाम दिएका छन्।

उक्त भेरियन्टको संक्रमण मासेलिज नजिकैको स्थानमा रहेका १२ जना विरामीहरुमा पुष्टि भएको बताइएको छ। यो भेरियन्टलाई ओमिक्रोनभन्दा बढी संक्रामक भएको दाबी समेत गरिएको छ।  

अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार उक्त भेरियन्टलाई 'आइएचयू'को नाम पनि दिएको छ।

प्रकाशित: २० पुस २०७८ १०:५७ मंगलबार

कोरोना भाइरस